प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ।संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने छ।

आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आ‍.व २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन्।

विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *