प्रतिनिधिसभाको आजको बैठकको एजेण्डा

२१ असोज, काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् । त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *