प्रतिक्षा गुरुङ्गको पहिलो गीति संग्रह “प्रतिक्षा”को विमोचन

काठमाडौ १७ चैत्र,नवगायिका प्रतिक्षा गुरुङ्गको पहिलो गीति संग्रह “प्रतिक्षा”को विमोचन भएको छ ।गोरखामा जन्मीएकी पेशाले नर्स र समाजसेवी प्रतिक्षाको विगत नौ वर्ष देखिको साधनाको पहिलो कोशेली एल्बम “प्रतिक्षा”को एक भब्य समारोहबीच विमोचन गरिएको हो ।

उक्त एल्बममा छ वटा गीत समावेश गरिएको छ । जसमा शब्द डा.कृष्ण हरि बरालको र दीप घतनीको रहेको छ भने संगीत गैरे सुरेशको रहेको छ । यस एल्बमको सबै गीतको संगीत संयोजन सुमन क्षेत्रीले गरेका हुन् ।

यस एल्बममा रहेको छ वटा गीतहरु मध्ये दुई वटा गीतको म्यूजिक भिडियो पनि बनेको छ । उक्त विमोचन समारोहमा गुरुङ्ग कल्याणकारी समाजका अध्यक्ष टेक बहादुर गुरुङ्ग, बरिष्ठ गितकार तथा लेखक डा. कृष्ण हरि बराल, वरिष्ठ गायिका कुन्ति मोक्तान, चर्चित गायिका रिमा गुरुङ्ग होडा,संगीतकार गैरे सुरेश, गीतकार दिप घतानीको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *