प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

२८ साउन, काठमाडौं : प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ ।

प्रभावित बन्नेमा पोखरा , सुर्खेत र तुम्लिङटार विमानस्थल रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन् भने तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *