प्रचार प्रसारको क्रम चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजमा पुगे ‘जय हो’ टिम

१ भदौ काठमाडौँ : सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको आगामी भदौ ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’ को टिम प्रचार प्रसार गर्ने क्रममा
शुक्रबार विहान चाबहिल चुच्चेपाटी स्थित मनास्लु वल्र्ड कलेज पुगेका थिए ।

पछिल्लो समय निकै चर्चा यस कलेजका करिब एक हजार विद्यार्थीमाझ करिब एक घन्टासम्म फिल्मका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, शोभित बस्नेत , टेक पौरखी राई जय लगायतका कलाकारहरु उपस्थित भएर फिल्मको जानकारी दिदैँ विद्यार्थीशरुसँग अन्तरक्रिया गरेका थिए।।

टेक पौरखी राईले निर्देशन गरेका फिल्ममा केकी र सलोनसुहित माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ।
आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा शोभित बस्नेत प्रस्तुतकर्ता रहेका छन् भने सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत , सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन , समीर मियाँको भीएफएक्स रहेको छ ।
त्यस्तैगरी, सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानी छ भने फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *