प्रचण्ड : माधवको ठाउँमा ओली महासचिव भएको भए संघीय गणतन्त्र हुने थिएन

२५ भदौ, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवको ठाउँमा ओली महासचिव भएको भए व्यवस्था परिवर्तन नहुने बताएका छन् ।

समाजवादी मोर्चाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “म सम्झाउन चाहन्छु, केपी ओली त्यतिबेला एमालेको महासचिव भएको भए जनआन्दोलन र गणतन्त्र नै हुने थिएन।” “त्यतिबेला माओवादीले सङ्घीयता र गणतन्त्र ल्याउन सशस्त्र युद्ध लडेका थिए।

कांग्रेसबाट गिरिजाप्रसादले जनआन्दोलनको नेतृत्व गरेका थिए। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन माधवले सघाएका थिए,” ओलीको मानसिकताप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले भने। ओलीले उपलब्धिलाई अपमानित गर्न खोजेको आरोप लगाउँदै उनले प्रतिक्रान्तिकारीहरु विरुद्ध एकजुट भएर समाजवादी शक्तिको विकल्प नभएको बताए ।

‘गणतन्त्र जनताका लागि हो कि प्रतिक्रियावादी फासीवादीका लागि भन्ने विषयमा विवाद चलिरहेको छ’, उनले भने, ‘समाजवादी पार्टीको विकल्प छ तर उपलब्धि जोगाउन र समाजवादी गणतन्त्र स्थापना गर्न एकजुट हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *