प्रचण्ड आज थाईल्याण्ड जादै

काठमाडौं २८ असार- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि आज बुधबार थाइल्याण्ड जादै छ्न ।

यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल त्यसतर्फ प्रस्थान गर्न जान लागेका उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

अध्यक्ष दाहाल आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । लामो समयदेखि उच्च रक्तचाप लगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *