प्रचण्डलाई प्रेम सुवालको प्रश्नः एमसीसीमा हस्ताक्षर हुँदा अमेरिकी सेना नआउने भनिएको थियो । त्यसोभए तिनीहरू कसरी आए?

२५ भदौ, काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा अमेरिकी सेनाको उपस्थितिबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणअघि बोलाएको सर्वदलीय बैठकमा सांसद सुवालले प्रधानमन्त्रीले अमेरिकी सेना नेपाल नआउने आश्वासन दिएका बेला अमेरिकी सेना कसरी आयो भन्ने विषय उठाएका थिए ।

युक्रेनमा जस्तै नेपाललाई युद्धमा फसाउन सक्ने भएकाले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदा अमेरिकासँग होसियार रहन पनि सुवालले सुझाव दिए । उनले यो विषय कूटनीतिक तवरले अमेरिकासमक्ष पु¥याउनुपर्ने बताए । ‘मैले प्रधानमन्त्रीलाई यी असंगठित परराष्ट्र नीतिका कारण देश समाप्त हुँदैछ भनेर भनेको छु, त्यसैले यो कुरा ख्याल गर्नुपर्छ’, उनले भने, ‘एमसीसीमा हस्ताक्षर हुँदा अमेरिकी सेना नआउने बताए । त्यसैले मैले अमेरिकी सेना कसरी आयो भन्ने मुद्दा उठाएँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *