प्रचण्डको भारत भ्रमणमा झण्डै ‘एक करोड’ खर्च

१८ साउन, काठमाडौं : अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको औपचारिक भारत भ्रमणका बेला प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्च राज्यकोषबाट ९५ लाख २७ हजार रुपैयाँ झण्डै एक करोड रुपैयाँ खर्च भएको छ ।

२०८० असार मा अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको जानकारी दिएको छ भने १५ जेठको मन्त्रिपरिषद्को बैठकले यो खर्च स्वीकृत गरेको थियो ।

प्रचण्ड १७ जेठमा भारत भ्रमणका लागि प्रस्थान गरेका थिए भने उनको साथमा मन्त्रीहरुसहित जम्बो टोली सहभागी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *