पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

१४ साउन, काठमाडौ : पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारको सितामढी रामनगरका रामभजन मलिक डोमकी ५ वर्षीया छोरी अर्चना कुमारी र सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी छन् ।

आमाको साथमा मावली गाउँ महोत्तरीको सोनमा गाउँपालिका ५ खैरबनी आएका दुबै बालिका शनिबार दिउँसो १ बजेदेखि ४ बज्जेसम्म सम्पर्कविहीन भएपछि खोजी सुरू गरिएको थियो र खोज्ने क्रममा घरकै छेउमा रहेको रामविनय यादवको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक मनोज यादवले बताए ।

पोस्टमार्टमका लागि दुवै बालिकाको शव प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *