पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यती एयरलाइन्समा मुसा

१५ साउन, काठमाडौँ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंतर्फ उड्न लागेको यती एयरलाइन्सको विहानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।
उब्त जहाजमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनिजाँदै थिए । मुसा भेटिएपछि तिमिल्सिना अर्कै विमानमा काठमाडौं आउने भएका छन् ।

यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको कुरा पोखरा विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीले बताएकी छन् । र उडान रोकेर खोजी सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *