पोखरामा आगामी १ सेप्टेम्बरदेखि हट एयर बेलुन पुनः सुरु हुने

४ भदौ, काठमाडौं : करिब तीन महिना मनसुनका कारण स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ ।

बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने दुई वटा बेलुन उडाउने भएको छ । एक अमेरिकी र एक भियतनामी पाइलटले बेलुन उडाउने भएका छन् । हट एयर बेलुन पोखराको पामेबाट बिहान र बेलुका गरी दुई सिफ्टमा उडाइने भएको छ । बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुनेछ भने तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बेलुनमा उड्न सक्नेछन् ।

हट एयर बेलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । भने सार्क मुलुकका पर्यटकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क रहेको छ । उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्म्को दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र समेत दिइनेछ । त्यस्तै, रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *