पेस्तोलसहित दुई जना पक्राउ

३ भदौ, काठमाडौं : सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरले शनिबार राति सर्लाहीमा दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही हरिपुर्वा नगरपालिका ६ का प्रकाश यादव र जीवन राय यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरू बिआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका ६ हुँदै भारतबाट नेपाल आउँदै गर्दा बाटोमा चेकजाँचका क्रममा पेस्तोल र गोली सहित नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि रहेको थियो भने उनीहरुलाई शनिबार राति नै कारबाहीका लागि लगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *