पेप्सीकोला बस दुर्घटना अपडेटः दुई जनाको मृत्यु

१७ भदौ, काठमाडौं : काठमाडौंको पेप्सीकोलामा आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका १४ मध्ये दुई जनाको मृत्यु भएको छ ।

आज बिहान ७ः३० बजे जडीबुटीबाट पेप्सीकोला जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको जीपलाई ठक्कर दिँदा भएको दुर्घटनामा १४ जना घाइते भएको प्रवक्ताले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले… दुई सवारीसाधन एकआपसमा ठोक्किएपछि एउटा स्कुटर (वाग्मती प्रदेश नं. ०२-०३७प ५३११) र मोटरसाइकल (वाग्मती प्रदेश नं. ०२-०४१ प ४८३८) पनि ठोक्किएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी जवान २५ वर्षीया उषा थापा रहेका छन् । घाइतेहरुको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र नयाँ बानेश्वरको सिभिल अस्पतालमा उपचार भइरहेको एसपी ढुंगेलले जानकारी दिए । दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।v

Leave a Reply

Your email address will not be published. Required fields are marked *