पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा एक घण्टा चक्काजाम

३१ साउन, काठमाडौँ : नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने बुटवल बहुमुखी क्याम्पस अगाडि बिहान सात बजेदेखि आठ बजेसम्म एक घण्टा चक्काजाम गरेको छ ।

अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेका अनुसार अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *