पृथ्वीनारायण शाहको प्रतिमा हटाएकोमा राप्रपाले गर्यो पोखराका मेयरको पुत्ला दहन

२८ साउन , काठमाडौँ : पोखरा महानगरपालिकामा आदिवासी जनजाति दिवसका दिन बिहीबार पृथ्वीचोकमा रहेको लखन थापाको शालिकसँगै राखिएको पृथ्वीनारायण शाहको प्रतिमा हटाइएपछि मेयर आचार्यको निर्देशनमा उक्त प्रतिमा हटाइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला जलाएको हो ।

महानगरले प्रतिमा हटाउने जानकारी पाएपछि राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य पन्चराम गुरुङसहित कास्कीका राप्रपाका नेता कार्यकर्ता पृथ्वीचोकमा धर्ना बसेका थिए । तर उनीहरु फर्केपछि मध्यराति महानगरले प्रतिमा हटाएको थियो ।

राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले पोखराका मेयर धनराज आचार्यले चोकमा ताला लगाएर राखिएको प्रतिमा महानगरले फोरेर लगेको र देश एकीकरण गर्ने राष्ट्रनिर्मातालाई अपमान गर्ने काम गरेको भने लखन थापाप्रति पनि सम्मान गर्ने तर पृथ्वीनारायण शाहको पृथ्वीचोकैमा हुनुपर्ने उनले बताए ।

मसाल जुलुससहित मेयरविरुद्ध नारा लगाउँदै पुत्ला जलाएको राप्रपाले निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि मेयर आचार्यको कदम निन्दनीय भई पृथ्वीचोकबाट हटाइएको प्रतिमा तत्काल पुनः स्थापना गर्न लिङ्देनले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *