पूर्वी नेपाल र दिल्ली-एनसीआरमा शक्तिशाली भूकम्पको धक्का महसुस

१६ असाेज, काठमाडौं : मंगलबार दिउँसो नेपालको पश्चिमी क्षेत्र र दिल्ली–एनसीआर क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।  भूकम्पको धक्का दिउँसो २ बजेर ४० मिनेटमा महसुस गरिएको थियो ।

भूकम्पको धक्का पश्चिम नेपालको केही जिल्ला र भारतको उत्तराखण्ड र उत्तर प्रदेशका केही क्षेत्रमा महसुस गरिएको थियो ।  बझाङ जिल्लाको तल्कोट नजिकै ५.३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

त्यस्तै, दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *