पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट सन्यास

१९ साउन, काठमाडौं : काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिदैँ एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लि घोषणा गरेका छन् । साथै, उनले घरेलु क्रिकेट पनि नखेल्ने बताएका छन् ।सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट सुरु गरेका यात्रा यू–१५ टोलीबाट खेल्न थालेका थिए । त्यस्तै २००५ मा यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन् ।
२०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए । उनी २०७८ मंसिरसँग नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *