‘पूरानो सुट ल्याउनुहोस्, नयाँ सुट लिएर जानुहोस्’ बम्पर योजनाको उद्धघाटन्

काठमाडौं, ४ फागुन – सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लिले ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामक नयाँ बम्पर योजना सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यस्तो बम्पर योजना सार्वजनिक गरेको हो ।

प्रा.लि.का अध्यक्ष भोजराज सिवाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा शिक्षाविद् एवम् समाज सेवी तथा महिला नेतृ गीता राणा र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संयुत्तः रुपमा उक्त बम्पर योजनाको उद्धघाट्न गरेका हुन् ।

फेशन डिजाईनिङ् क्षेत्रमा विगत डेढ दशकदेखि सेवारत उक्त संस्थाले ग्राहकहरुको चाहना बमोजिम पूरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाईनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्य राखि यो योजना सार्वजनिक गरिएको अध्यक्ष सिवाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गीता राणाले सुटको कपडा आयातमा भ्याट र सुट तयार हुँदा पनि भ्याट लगाउने गरिएकोले नेपाली व्यवसायीहरु दोहोरो मारमा परेको बताईन् । उनले भनिन्,‘यही कारणले गर्दा छिमेकी मुलुक भारत र चीन सँग व्यापार प्रतिष्पर्धा गर्न सक्ने अवस्था छैन् ।’

त्यस्तै उनले विदेश पलायन भएका युवाहरुलाई स्वदेशमै फर्काउनको लागि सरकारले आर्कषक योजनाहरु ल्याउनु पर्ने पनि सुझाव दिईन् । उनले स्वदेशमै उद्योग खोल्नुपर्ने र रोजगारी सिर्जना गर्नुपर्ने बताईन् । राणाले सुट ब्यांकले अघि सारेको कार्यक्रमहरु धेरै राम्रो भएकोले यीनलाई निरन्तर अघि बढाउनुपर्ने सुझावदिईन् ।

त्यस्तै कार्यक्रममा नेपाल ईन्भेष्टमेन्ट फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल पनि यस्ता खाले कर्यक्रमले नेपाली अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास दिलाए । उनले भने,‘यो विकल्प अवधारणा हो, यसलाई प्रर्वद्धन गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउनुपर्छ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषिधमलाले यो कार्यक्रम अत्यन्तै नयाँ र सुट पारखीहरुको मन जित्ने खालको भएकोले यसले नेपाली अर्थतन्त्रमा राम्रो सहयोग पुर्याउने विश्वास दिलाए । उनले भने,‘यो स्किम राम्रो छ,यसले नेपालीहरुको मनलाई छोएको छ।’

धमलाले ड्रेस–अपले व्यत्तित्व झल्काउँने भएकोले नेपाली फेशन ईण्डष्ट्रिजमा सुट बैंक एउटा विकल्प भएको सुनाए । उनले भने,‘अहिले सुट बैंकले अघि सारेको यो स्किमले त साधारण मान्छेले पनि सुट लगाउन सक्ने भएको छ, पूराना सुटहरु ल्याएर नयाँ लिएर जानुहोस् । त्यसमा लाग्नुहोस्, यो सुट मेलाले राम्रो सन्देश प्रवाह गरेको छ ।’

उनले विश्वका चर्चित व्यक्तिहरु जस्तो अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तित्व ड्रेस–अपले व्यक्तित्वमा झनै ठूलो महत्व थपेको बताउँदै भने,‘त्यसैले सुटप्रति नेपालीहरुको पनि अहिले बढ्दो झुकाव देखिएको छ, यो मेलालाई पनि हामी सबैले सहजीकरण गर्नुपर्छ ।’

कार्यक्रममा परियार सेवा समाजका केन्द्रिय अध्यक्ष एवम् पूर्व मेजर बलबहादुर सुन्दासले पनि यो पेशामा आवद्ध व्यवसायीहरुलाई राम्रो तालिम दिएर अघि बढाईयो भने देशको अर्थतन्त्रमा टेवापुग्ने नेपालीहरुको व्यक्तित्वमा पनि फाईदा पुग्ने विश्वास दिलाए । उनले पनि यो बम्पर योजना नेपाली सुटको ईतिहाँसमै पहिलो भएकोले यसलाई सफल बनाउन सबैले साथ र सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।

त्यस्तै पूर्व सिडिओ चिरञ्जिवि थापाले सुरुवात सानै कामबाट गर्नुपर्ने भन्दै सुट बैंकले अघि बढाएका कार्यक्रमहरु लोकप्रिय हुने विश्वास दिलाए । उनले भने,‘यो कार्यक्रमले चमत्कार गर्न सक्छ, आर्थिक प्रगति हाँसिल गर्नको लागि यसले टेवा पुर्याउँछ।’

प्रालिले उक्त बम्पर योजना अन्र्तगर्त ‘पूरानो सुट ल्याउनुहोस्, नयँ सुट लिएर जानुहोस’ भन्ने कार्यक्रम आवश्यक पर्यो भन्ने सन्दर्भमा यस्तो कुरा बताएको छ,‘अधिकांश व्यक्तिहरुसँग केही न केहीजोर सुट स्टक हुने सामान्य हो, तर बजारमा नयाँ नयाँ डिजाईनका कोट तथा सुटको उत्पादन आउन थालेपछि ती पूराना सुट तथा कोटहरु आफ्नो घरको आफ्नो दराजमा थन्किएको रुपमा मात्रै हुने भएकोले त्यो सुट तथा कोटलाइ सुट बैंकमा ल्याएर नयाँ डिजाईनको कोट तथा सुट लिएर जान सक्नुहुनेछ। त्यसको उचित बजार व्यवस्थापनको लागिकोट तथा सुटको गुणस्तर हेरी मुल्यांकन गरिने छ। नयाँ सुट तथा कोटको प्रयोगका लागि आर्थिक रुपमा ग्राहक वर्गलाई सहजहोस् भन्ने उद्देश्यले ग्राहकको पूरानो कोट तथा सुट समस्या नभई अवसर बन्न सक्छ भन्ने योजनाको साथ अति उपयोगी कार्यक्रमको रुपमा हुन्छ भन्ने आवश्यकत्ता देखेर यो कार्यक्रम ल्याईएको हो।’

प्रालिका अनुसार ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लैजानुहोस’ योजना सफल बनाउन ३ जोर सुट बनाउने ग्राहकलाई एउटा लक्की ड्र कुपन दिईनेछ । जसमा चार पांग्रे गाडी उपलब्ध गराईने छ, र जुन १५०० वटालक्की ड्र कुपनमा एउटा गाडी उपलब्ध गराईने पनि आयोजकले जनाएको छ ।
कार्यक्रममा फेशन डिजाईनर समेत रहेकी उक्त सुट बैंककी प्रवन्ध निर्देशक आकृति सिवा र सञ्चालिका कल्पना सिवाको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *