पुर्व राजा ज्ञानेन्द्र सक्रिय बन्दै, अहिले थाईल्याण्डमा के गर्दै छन्

माघ २४ काठमाडौ,पूर्वमहाराजा ज्ञानेन्द्र शाह शक्तिविहीन बने पनि उनी अनेक कारणले शक्तिकै रुपमा रहिरहेका छन् । उनी एकखाले शक्ति हुन भन्ने मुख्य आधार हो – उनीसँग देशका स्थापित राजनीतिक शक्तिहरू डराउँछन् । आजकाल ज्ञानेन्द्र शाहको चलखेल पनि निकै चर्को छ । नयाँदिल्ली र थाइल्यण्ड मात्र धाउने गरेका ज्ञानेन्द्र शाह तीन महिनाअघि बेइजिङ पुगेका थिए । यता नेपालमा चुनाव नहुने बातावरण बनाइँदै गर्दा उता ज्ञानेन्द्र शाहको उत्साह पनि बढ्दै गएको छ ।

उनी बुहारी हिमानीसहितको टोली लिएर २०७३ माघ २० गते थाइल्यान्ड गएका छन् । माघ २० गते बैंककतर्फ लागेका पूर्व महाराजा ज्ञानेन्द्रले काठमाडौंमा नेपाली कांग्रेसलगायत भारतीय र चिनियाँ विशेष प्रतिनिधीसँग राजनीतिक भेटघाट गरेको पनि थाहा भएको छ । बुहारी हिमानी शाह र निजी सचिव सागर तिमल्सिनासहित बैंकक पुगेको पूर्वराजा ज्ञानेन्द्र त्यहाँ चिनियाँ कूटनीतिक भेटघाटमा ब्यस्त रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *