पिएसजीको जीतमा एम्बाप्पेको सानदार प्रदर्शन

काठमाडौं। केलिएन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेनले जीत हासिल गरेको छ।

फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको पिएसजीको जीतमा एम्बाप्पे एक्लैले गरेको दुई गोल निर्णायक हुन पुगेको छ।

खेलको छैटौ मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए। त्यसको दुई मिनेट पछि अर्थात् ८ औं मिनेटमा उनै एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।

दोस्रो हाफको ५१औं मिनेटमा लासिन सिनायोकोले गोल गर्दै खेललाई २–१ को स्थितिमा फर्काए। तर, त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन सकेन अन्तत खेल २–० मा नै टुंगिन पुग्यो।

फ्रेन्च लिग वानमा पिएसजीले अब दुई खेल खेल्न बाँकी छ। तर, उपाधि जित्नका लागि बाँकी रहेको दुई खेलबाट १ अंक मात्र जोडेमा पनि पिएसजी कीर्तिमानी ११औं पटक च्याम्पियन बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *