पार्टीमा विभिन्न उतारचढाव भए पनि आफू जनता र राष्ट्रको पक्षमा रहन्छु : प्रचण्ड

१७ साउन, काठमाडौं : कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बैठकलाई पार्टी पुनर्निर्माणको सुरुवात बनाउनुपर्ने धारणा राख्दै आफ्नो पार्टी पार्टी जस्तो नभएको भन्ने कुरा गरेका छन् ।

उनले भने, ‘सरकारका कारण जनतामा आशा पलाएको छ । जनताको भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ’ ‘आउने दिनमा एक्सन ओरियन्टेड भएर जानुपर्ने छ ।’

प्रचण्डले , पार्टीमा विभिन्न उतारचढाव भए पनि आफूहरु जनता र राष्ट्रको पक्षमा रहेको र कमी कमजेरी इमान्दारीका साथ स्वीकारेर अघि बढ्नुपर्ने धारणा राखे समेत राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *