पाटनको कृष्ण मन्दिरको हतकडी काण्ड देखि नेपाल आईडलको प्रमिला राई सम्मका सामाजिक संजालमा बनेका भाईरलहरु

काठमाडौ ४ भदौ
काठमाडौं पाटनको कृष्ण मन्दिर परिसरमा सोमबार बिहान एक युवतीलाई हत्कडी लगाएर सुरक्षाकर्मीले नियन्त्रणमा लिएको भिडियो फोटो पत्रकार दिनेश बोहराले कैद गर्न भ्याएका थिए । त्यसलाई युट्युबमा हालेपछि जनचासो ह्वात्तै बढ्यो । शनिबार दिनभर उक्त भिडियो युट्युब ट्रेन्डिङ नेपालको पहिलो नम्बरमा देखियो ।

दीप क्रिएसन नामक युट्युब च्यानलमा हालिएको १ मिनेट ४० सेकेन्डको भिडियोमा ४ लाख बढी भ्युज थियो भने २ सय बढी कमेन्ट देखियो । च्यानलका अनुसार मन्दिरमा आएका दर्शनार्थी र सुरक्षाकर्मीलाई जथाभावी बोलेकाले भिडियोमा देखिएकी सलिना श्रेष्ठलाई नियन्त्रणमा लिइएको थियो । यस्तो भिडियो अपलोड गरेकोमा रोहित पुँmयाल नामक एकाउन्ट होल्डरले प्रतिक्रिया लेखेका छन्, ‘प्रहरीले निकै संयमता अपनाएको देखिन्छ । चरित्र हत्या हुने गरी भिडियो अपलोड गरेर हुन्छ ?’ निश्मा तामाङलाई भने प्रहरी प्रशासनको चर्तिकला मन परनेछ । उनी लेख्छिन्, ‘मुख छाडा हतकडी लगाउने, मान्छे मार्नेलाई सलाम ठोकेर गाडीमा राखेर सवार गराउने चलन छ यहाँ ।’

ट्रेन्डिङको दोस्रो नम्बरमा ‘क्लास अफ क्लान्स : द विच्स मिनी कर्स’ परेको थियो । यो मोबाइल भिडियो गेम नेपालमा निकै खेलिन्छ भन्ने कुरा ट्रेन्डिङले देखाएको छ । जम्मा ४० सेकेन्डको भिडियो हेर्नेहरू शनिबार साँझसम्म ९० लाखको हाराहारीमा थिए (विश्वभरबाट) । ५ हजारभन्दा बढी कमेन्ट भए पनि तिनमा नेपाली नाम भेट्न मुस्किल पर्‍यो । फेवा टेलिभिजनले अपलोड गरेको ‘जिल्ला प्रहरी कार्यालयभित्रै कुटाकुट’ शीर्षकको भिडियोमा पनि नेपालको ध्यान गएको पाइयो । झन्डै १६ मिनेट लामो भिडियोमा कास्कीको जिल्ला प्रहरी कार्यालयभित्र श्रीमान्श्रीमतीबीच भएको कुटाकुटको दृश्य कैद छ । ट्रेन्डिङको तेस्रो स्थानमा परेको भिडियो चार दिनमा ४ लाख बढीले हेरेका छन् । यसमा आएका प्रतिक्रिया भने मिश्रित छन् । कसैले श्रीमतीलाई दोषी ठानेको पाइयो भने कतिले श्रीमान्कै गल्तीले पारिवारिक सम्बन्ध पारपाचुकेसम्म पुगेको बताएका छन् । कोही भने यस्तो हुनुमा दुवै पक्षको बराबर भूमिका रहेको दाबी गर्दै थिए । ‘मायामा विश्वास गर्नुहोस्,’ डीके मायालुको प्रतिक्रिया छ, ‘शंका गरे लंका जल्छ ।’

राजेश थापालाई चाहिँ भिडियोमा देखिएकी महिला प्रहरीको चालढाल चित्त बुझेनछ । उनी लेख्छन्, ‘बेहोस भएर ढलेको मान्छेलाई लछारेर फयाल्दिने ? जनावरलाई जस्तो व्यवहार भयो । मति नभएकी प्रहरी ।’ दाम्पत्य जीवनको त्यो कहालीलाग्दो दृश्य हेरेपछि सरस्वती सरस्वती नामक युट्युब प्रयोगकर्ताले बिहे नै नगर्नु ठीक लागेको बताएकी छन् ।

ट्रेन्डिङको पाँचौं नम्बरमा थियो, नेपाल आइडलको एपिसोड २६ । अगस्ट १० मा युट्युबमा राखिएको भिडियोमा ११ लाखभन्दा बढी भ्युज थिए भने १३ हजारले लाइक र ११ सयले डिस्लाइक बटन थिचेको देखियो । शनिबारसम्मको ५४ सय कमेन्टस्मध्ये रङ वे नामक प्रयोगकर्ताले लेखेका छन्, ‘बाहुनहरू निशान निशान, तामाङहरू बुद्ध बुद्ध, मगरहरू सागर, राईहरू प्रमिला । ए बा, किन प्रतिभाको कदर नगरिएको ? प्रतिभालाई सपोर्ट गरौं जात, धर्म र समुदायलाई हैन ।’

भारतीय युट्युबर भुवन बामको नयाँ भिडियो ‘दासता(ऐ(ब्रेकअप’ ट्रेन्डिङको पाँचौं नम्बरमा थियो । ‘बीबीकी भाइन्स’ च्यानलमा तीनअघि आएको भिडियो ४२ लाख भन्दा बढीले हेरिसकेका छन् । तीन फरक पात्रको भूमिका निर्वाह गर्दै भुवनले ब्रेकअपपछिको पीडा देखाएका छन् । उनका सेल्फी भिडियोहरू निकै चर्चित हुने गरेका छन् ।
हामीले यसलाई ई-कान्तिपुर बाट लिएका हौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *