पाँच दिनको वर्षापछि मौसममा सुधार हुँदै

१८ असोज, काठमाडौँ : विगत पाँच दिनदेखि परेको अविरल वर्षापछि आजदेखि देशभरको मौसममा सुधार आएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डलीय स्थितिमा अझै सुधार आउने अपेक्षा गरिएको छ । देशको पूर्वी भूभागमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव अहिले उत्तरपश्चिमतिर सर्दै कमजोर बन्दै गएको मौसमविद् गोविन्द झाले बताए । यस्तो परिवर्तनले सिक्किम र यसको वरपरका क्षेत्रहरू, साथै बंगलादेशलाई असर गर्नेछ। कोशी प्रान्तमा बाक्लो बादल छ भने अन्य क्षेत्रमा आकाश सफा रहेको उनले बताए । आगामी दुई–तीन दिन हल्का वर्षाको सम्भावना रहे पनि अब भारी वर्षाको सम्भावना भने छैन ।

महाशाखाका अनुसार आज कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी आज राति कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *