पाँच जिल्लामा ग्यासको मूल्य घट्यो

माघ ६ काठमाडौ,नेपाल आयल निगमले पाँच जिल्लामा ग्यासको मूल्य घटाएको छ । निगम केन्द्रीय कार्यालयले रुपन्देही, दाङ, बाँके, कैलाली र कन्चनपुर जिल्लामा मूल्य घटाएको हो ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीका अनुसार नयाँ निर्णयअनुसार अबदेखि उपभोक्ताले रु एक हजार ३०५ मा ग्यास खरिद गर्न पाउनेछन्। रुपन्देहीमा चारवटा ग्यास उद्योग सञ्चालनमा छन्।
नेपाल आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्य घटाइएको हो ।

नयाँ मूल्य रूपेन्देहीमा बुधबारबाट लागू भएको छ । निगमले प्रतिसिलिन्डर २० रूपैयाँ मूल्य घटाएपछि कमिशन कम भएको भन्दै ग्यास बिक्रेता संघ आन्दोलनमा उत्रिएको थियो । तर, बिक्रेता र ग्यास उद्योगीबीच सहमतिपछि नयाँ मूल्य लागू भएको छ ।

उद्योगी र बिक्रेताले भ्याटकै कारण उद्योगी र बिक्रेता दुवै मर्कामा परेको निष्कर्ष निकाल्दै भ्याट खारेजी र बिक्रेताले पाउँदै आएको कमिशन यथावत कायम गराउन सरकारलाई माघ १९ गतेसम्म समय दिने र त्यतिबेलासम्म माग पूरा नभए संयुक्तरुपमा आन्दोलन गर्ने सहमति भएको ग्यास बिक्रेता संघरुपन्देहीका अध्यक्ष वसन्त गौचनले जानकारी दिए।
जिल्लामा बुटवल, सिद्धार्थ, त्रिशूल र स्वस्तिक गरी चारवटा ग्यास उद्योग छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *