पहिरोले घर बगाउँदा मकवानपुरको सिक्रेनीमा २ जनाको मृत्यु

२३ साउन, काठमाडौं : मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा वेपत्ता भएका मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको शव सिन्धुली हरिहरपुर गा.पा. १ कोकरेस्थित बागमती खोलाको बीच बगरमा भेटिएको छ ।

्पहिरोले सिक्रेनीमा रहेको स्याङ्तानको घर बगाउँदा उनीसहित उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी बेपत्ता छन् । भने पहिरोमा परेकी अक्कलबहादुरकी श्रीमती शन्तमायाको भने हिजो नै उपचारका लागि अस्पताल लैजाँदा बाटोमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *