पहिराले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

taplejung

इन्द्र कुमार राई (जिजीबिषा) / काठमाडौं, २०७३ भदौ १८ – गए रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिरोले घर भत्किएर पुरिदा ताप्लेजुङ नगरपालिका–२ मा एकै परिवारका तीन जनाको घरभित्रै पुरिएर ज्यान गएको छ ।

घरभित्रै पुरिएर मृत्यु हुनेमा टीका मगरकी श्रीमती विमला, छोरा मनोज र ललित छन् । अन्य क्षेत्रको पहिरोमा परी एक महिला बेपत्ता भएकी छन् भने अर्की एक महिला घाइते भएकी छन् ।

उनीहरु घरमा सुतिरहेको अवस्थामा माथिबाट पहिरो झरेर घर भत्काएको थियो । राति नै पहिरोले घर भत्किएको स्थानीयवासीले थाहा पाए पनि रातको समयमा भीषण वर्षाकै कारण उद्धार हुन सकेको थिएन ।

उनीहरुको शव अहिले बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निकालेको ताप्लेजुङका प्रजिअ चक्रपाणि पाण्डेले जानकारी दिए ।

यस्तै ताप्लेजुङ नगरपालिका–८ मा पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन् । नाम नखुलेकी माइली सुब्बा भनेर चिनिने महिला बेपत्ता भएकी हुन् भने उनीसँगै बस्दै आएकी कान्छी सुब्बा भनेर चिनिने अर्की महिला घाइते भएकी छन् ।

पहिराका कारण त्यहाँका दर्जनौँ घरमा क्षति पुगेको छ । ठाउँ ठाउँमा पहिरो झरेपछि मेची राजमार्ग समेत अवरुद्ध बनेको छ । पहिराका कारण नगरपालिका–८ का भुवानीशङ्कर नेपाल, अग्निप्रसाद भण्डारी, टेकनाथ दाहाल, डिल्लीराम अधिकारी, राजकुमार मगर, जगतबहादुर मगर, गुरुप्रसाद विक, सोमबहादुर विक र गङ्गामाया भट्टराईको घरमा क्षति पुगेको छ ।

यस्तै नगरपालिका–२ केनिममा नेत्रप्रसाद भट्टराईसहित अन्य छ घरमा पहिराले क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् । सोही क्षेत्रमा नै पर्ने अँधेरी भन्ने ठाउँमा दुवैतर्फ पहिरो झरेपछि त्यहाँका तीन परिवार सुरक्षित स्थानमा निस्कन नसकेको बताइएको छ ।
गए राति करिब १ बजेदेखि झरेको पहिराले नगरपालिका–९ सदरमुकाम नजिकैको कफी हाउस क्षेत्रका १० घरमा समेत क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।

14225560_1150787144974584_7526628546177392628_n14222354_1150787124974586_5386750306342442789_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *