पशुपति क्षेत्रमा पार्किङ शुल्क निःशुल्क

२ असोज, काठमाडौँ : पार्किङ शुल्क र बक्यौताको विवादका कारण पशुपति क्षेत्रभित्रको पार्किङ नि:शुल्क गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषले पार्किङ व्यवस्थापनको जिम्मा पाएको तत्व इन्भेष्टमेन्ट प्रालिसँग ४१ लाखभन्दा बढी बक्यौता नतिरेको र पार्किङ शुल्कमा अनियमितता गरेको भन्दै ठेक्का तोडेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालमार्फत बसपार्कमा अनियमितता मात्र नभएर कानुनको गम्भीर उल्लङ्घन भएको बताए ।

“पशुपतिनाथ बसपार्कमा भएको अनियमितता र कानुनको गम्भीर उल्लङ्घनका कारण ठेक्का खारेज गरिएको छ। अर्को प्रक्रिया पूरा नभएसम्म पार्किङको शुल्क नि:शुल्क रहेको जानकारी गराउँदछौं।” ट्रष्टले भदौ ७ गते तत्व इन्भेष्टमेन्टसँगको सम्झौता तोडेको थियो । पार्किङ व्यवस्थापनका लागि ट्रष्ट र कम्पनीबीच ५ वर्षे सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *