पर्यटन मन्त्री सुदन किराँतीलाई सुदूरपश्चिम प्रदेशको मन्त्रीले बुझाए ९ बुँदे ज्ञापन पत्र

१४ साउन ,काठमाडौँ : संघीय पर्यटन मन्त्री सुदन किराँतीलाई सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी सहितको टोलीले आज ९ बुँदे सहजीकरण माग सहितको बुझाए ज्ञापन पत्र ।

उनले बुझाएको सहजीकरण पत्रमा सुदूरपश्चिम प्रदेश नेपाली सहर नै विदेशी पर्यटकहरूलाई हवाई भाडा दर कायम गर्नु पर्ने, पुरातत्त्व विभागको अध्ययन गर्नु पर्ने, पर्यटन विकासका लागि बजेट बढाउनु पर्ने, पर्यटक बोक्ने सवारीहरूको दर्ता गर्न पाउनु पर्ने प्रदेश पर्यटन बोर्डको कार्यालय नियमित गर्ने, गेटा विमानस्थललाई क्षेत्रीय स्तरको बनाउनु पर्ने,सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा गेटाबाटै उडान अनुमति दिनुपर्ने, पर्यटन गाइडहरूको तालिम दिने संस्था स्थापना गर्नु पर्ने र साहसिक पर्यटन उद्योगलाई प्रदेश सरकारले अनुमति दिन पाउनु पर्ने जस्ता माग प्रदेश सकारको तर्फबाट मन्त्री धामीले पर्यटन मन्त्री किराँतीलाई बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *