पर्यटनमन्त्री किरातीले पशुपतिनाथका चोरलाई संरक्षण गरे: प्रेम आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पर्यटनमन्त्री किरातीको चर्को आलोचना गरेका छन्।

प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद आलेले अघिल्लो वर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यसपालि पशुपतिनाथमा छिरेर बहुमूल्य सम्पत्ति चोर्दासमेत पर्यटनमन्त्री र कोषका अध्यक्ष निदाएर बसेको बताए।

‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपालि पशुपतिनाथमा छिरेको छ,’ आलेले भने, ‘पर्यटनमन्त्रीले तार काट्ने मुसालाई नसमातेर उल्टै छानबिन समितिको संयोजक देवी बराललाई पुरस्कारस्वरूप सदस्यबाट हटाउने काम गरियो।’

उनले प्रतिवेदन लुकाएर चोरलाई संरक्षण गरिएको समेत बताए। ‘ संरक्षित चोरले बल पायो। ०८९ चैत १४ गते चोरी गर्‍यो। ०८० जेठ २९ गते तार काट्यो। त्यहाँबाट घ्याम्पे दानपेटिका हरायो। बहुमूल्य सम्पत्ति चोरिएको छ,’आलेले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *