परराष्ट्रमन्त्री साउदले संयुक्त राष्ट्रसंघका उपमहासचिव ल्याक्रोइक्ससँग भेटवार्ता

२ असोज, काठमाडौँ : संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले सोमबार संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जीन पियरे ल्याक्रोइक्ससँग भेटवार्ता गरेका छन् ।

सो अवसरमा उनीहरुबीच संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न देशमा शान्ति मिसनमा खटिएका नेपाली सुरक्षाकर्मीको तालिम र सुरक्षाका विषयमा छलफल भएको थियो । यसबारे अमेरिकास्थित नेपाली नियोगले जानकारी दिएको हो । त्यसैगरी, मन्त्री साउदले फिनल्याण्डका विदेश व्यापार तथा विकासमन्त्री भिले टाभिओसँग भेटवार्ता गरेका छन् ।

भेटमा द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । UNGA को छेउमा, मन्त्री साउदले सर्बियाका प्रथम उपप्रधानमन्त्री डा इभिका डेचिकसँग पनि भेट गर्नुभयो। भेटमा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । विदेशमन्त्री साउदले रोमानियाका आफ्ना समकक्षी लुमिनिटा ओडोबेस्कुलाई पनि भेटेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *