पत्रकार माथि पुलिसको दुर्व्यवहार

हेटौडा १६ असार-रेडियो सरोबरका ९२.५ मेगाहर्ज हेटौडाका स्टेसन म्यानेजर राजु लामिछानेमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । बिहिबार साँझ हेटौँडाको शितलमहल चोकमा ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दै गरेको फोटो खिच्ने क्रममा संचारकर्मी लामिछानेमाथि प्रहरीले दुव्र्यवहार गरेको हो ।

प्रहरीले उनको मोटरसाइकलको चाबी, लाइसेन्स, मोबाईल खोसी फोटो हटाउने प्रयास समेत गरेका थिए । असई डी.सी. चौधरी र प्रहरी जवान सोभि पासवान लगाएत केहि प्रहरीले लछारपछार पार्दै गाडीमा हाल्ने कोशिस गरेपछि स्थानीय र प्रहरी बीच झडप समेत भएको थियो ।

झडप भएको केहि समय पछी अन्य पत्रकारले फोटो खिच्दा असई डी.सी. चौधरीले क्यामरा र मोबाईल खोस्दै पत्रकारलाई दुर्व्यवहार गरेका थिए ।  प्रहरीले पत्रकारले खिचेको फोटो हटाउने प्रयास समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *