पत्रकार धामीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघले माग गरेको छ

९ असोज, काठमाडौँ : नेपाल पत्रकार महासंघले रातोपाटीका पत्रकार कृष्णसिंह धामीमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

महासंघले आपराधिक मानसिकता भएका आक्रमणकारीलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षालाई प्राथमिकता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । भदौ २५ गते सोमबार दिउँसो पत्रकार धामीलाई बखुन्दोलस्थित रातोपाटी केन्द्रीय कार्यालय नजिकै एक समूहले आक्रमण गर्दा उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

सेप्टेम्बर ११ गते रातोपाटीमा त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक कार्यक्रमबारे समाचार प्रकाशित गरेपछि विद्यार्थी संघले पत्रकार कृष्णसिंह धामी र रातोपाटी अनलाइनलाई भदौ १२ गते मंगलबार विज्ञप्ति जारी गरी चेतावनी दिएको थियो । । त्यसलाई ध्यानमा राख्दै महासंघले दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गर्दै यस प्रकारको आचरण प्रेस स्वतन्त्रता विरुद्धको कार्य भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *