न्युलुक मिस एन्ड मिसेस युनिभर्सल २०२३ सिजन २ काे मिसेसतर्फकाे ताज सुस्मा सुवेदी र मिसतर्फ दिया उपाध्ययले लगाईन्

९ असाेज, काठमाडौं : स्पार्कल इनटरटेर्मेन्टको आयोजनामा न्युलुक मिस एन्ड मिसेस युनिभर्सलको सिजन २ भब्यताको साथ साेमबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ ।

मिस एन्ड मिसेस गरि १५ जना प्रतिस्पर्धी रहेको यस प्रतियोगितामा मिसेसको ताज सुष्मिता सुवेदीले हात पारिन् भने मिसकाे ताज दिया उपाध्ययले हात पारिन् । त्यस्तैगरि मिसेस तर्फ फस्ट रनरअपमा एलिना श्रेष्ठ र सेकेन्ड रनरअप तिलु रानाले जितेका छन् भने मिसतर्फ फस्ट रनर अप प्रशंसा पोखरेल र सेकेन्ड रनरअपमा कमला श्रेष्ठले जितेका छ्न् । त्यस्तैगरी मिसेसबाट रिना मल्ल गिरी र मिसबाट कमला श्रेष्ठ पब्लिक च्याेइजबाट डाईरेक्ट टप ५ मा पुगेका थिए । त्यस्तै, जजहरुमा पुर्व मिस नेपाल उषा खड्गी , अभिनेता संजय खतिवडा ,गायक ओम सुनार, न्युलुकको अध्यक्ष बिश्वकरण जैन र नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता निता सापकोटा गरि ५ जना रहेका थिए ।

एण्ड मिसेस युनिभर्सलको ब्राण्डएम्बेसडर पुर्व मिस नेपाल उषा खड्की रहेकाे यश प्रतियोगितामा प्रमुख अतिथिको रुपमा पुर्व मन्त्री तथा संसद माननीय सत्य पहाडी रहेको थियाे भने कोरियोग्राफर रोजिन शाक्य रहेको थियाे । प्रतियोगिताकाे टाइटल स्पोन्सर न्युलुक , एभिएसन ट्रेनिङ पार्टनरमा एयर होस्टेज एन्ड एयरपोर्ट ग्राउन्ड कृउ , हेयर वोइल पार्टनरमा श्री केश जडिबुटी ,एजुकेशन पार्टनरमा काठमाडौं वर्ड स्कुल रहेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *