न्याय परिषद्ले ३६ जना न्यायाधीश नियुक्तिको सिफारिस

३ असोज, काठमाडौँ : न्याय परिषद्को मंगलबार बसेको बैठकले ३६ नयाँ जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो ।

परिषद्का अध्यक्ष तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्ला न्यायाधीशको रिक्त पदमा ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । साथै परिषद्को बैठकले १९ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ ।

उच्च अदालतका एक न्यायाधीश र १८ जिल्ला अदालतका न्यायाधीशको विभिन्न ठाउँमा सरुवा भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *