न्यायाधीश मल्ल र माथेमाको संयुक्त इजलासमा कोशी प्रदेशका मुख्यमन्त्री विरुद्ध परेको रिटको भयो सुनुवाइ

१७ भदौ, काठमाडौं : आफूले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आइतबार न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएको छ ।

थापाले भदौ २१ गते विश्वासको मत लिँदा प्रदेशसभाका अध्यक्षसमेत रहेका कांग्रेस सांसद इसराइली मन्सुरीको मत लिएर बहुमत ल्याएका थिए । त्यसविरुद्ध पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले नेता हिक्मतकुमार कार्कीले मुद्दा दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइमा भदौ २४ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा शुक्रबार सुनुवाइका लागि तोकेपछि रिटलाई ‘सुन्न सकिँदैन’ सूचीमा राखिएको हो ।

आफूले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आइतबार न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएको छ । थापाले भदौ २१ गते विश्वासको मत लिँदा प्रदेशसभाका अध्यक्षसमेत रहेका कांग्रेस सांसद इसराइली मन्सुरीको मत लिएर बहुमत ल्याएका थिए । त्यसविरुद्ध पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले नेता हिक्मतकुमार कार्कीले मुद्दा दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइमा भदौ २४ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा शुक्रबार सुनुवाइका लागि तोकेपछि रिटलाई ‘सुन्न सकिँदैन’ सूचीमा राखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *