न्यायाधीशको निजी सुरक्षा अधिकृतको पेस्तोल घरबाटै चोरी, दुई जना पक्राउ

२१ साउन, काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल घरबाटै चोरी भएको
छ र चोरीको आरोपमा दुई जना पक्राउ पनि परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुद ढुंगेलका अनुसार, ३० असारमा उनीहरुले चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको छ । जसमा ७ राउण्ड गोली पनि बरामद भएको छ ।

प्रहरीका अनुसार, थामी र तामाङ सई खड्काको घर नजिकै उनीहरु चोरी गर्न गएका थिए । फर्किँदा झ्याल खुल्लै देखेपछि अंकुशे लगाएर झोला तानेका थिए भने झोलाभित्र खड्काले पेस्तोल, त्यसमा लाग्ने गोली लगायत राखेका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *