नेसपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु

काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ ।

बैठक भक्तपुरको लोकन्थलीमा बस्न लागेको हो । बिहीबार र शुक्रबार २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्ने छ ।

बैठकमा अध्यक्ष बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकको राजनीतिक प्रतिवेदनमा पेस गर्नुहुनेछ । उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव दिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *