“नेश्नल पावर न्युज एजुकेशन अवार्ड २०१७” भदौ २४ मा हुने

काठमाडौं, २५ असार- मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लीले आगामी भदौ २४ गते ‘नेश्नल पावर न्युज एजुकेशन अवार्ड २०१७’ गर्ने भएको छ ।

आयोजकले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त अवार्डको आयोजनाबारे जानकारी गराएको हो। आयोजक संस्थाका अध्यक्ष माधवराज खरेलले शिक्षा तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका शैक्षिक संस्थाहरुलाई हौसला प्रदान गर्नको लागि यस्तो अवार्ड गर्न लागिएको जानकारी दिए । उनले भने,‘मलाई आशा छ, हामीलाई सम्पूर्ण कलेज, स्कूल, शिक्षक, अभिभावकहरुबाट सहयोग मिल्नेछ, जसले गर्दा यो अवार्ड सफल रुपमा सम्पन्न हुने हामीले विश्वास लिएका छौं ।’

आयोजकका अनुसार उक्त अवार्डमा ५ सय भन्दा बढि स्कुल तथा कलेजहरुले भाग लिनेछन् । उक्त अवार्डमा सहभागी हुनेहरुको लागि आजैबाट फर्म खुलेको पनि आयोजकले जनाएको छ ।

अवार्डमा विभिन्न विधा बाँडिएका छन् । जसमध्ये बेष्ट स्कुल÷कलेज अफ दि ईयर २०१७, बेष्ट स्टुडेन्ट अफ दि ईयर (कलेज तथा विद्यालय) २०१७, बेष्ट रिजल्ट अफ दि ईयर (विद्यालय तथा कलेज) २०१७, बेष्ट प्रिन्सिपल अफ दि ईयर (स्कुल तथा कलेज) २०१७, बेष्ट म्यानेजमेन्ट अफ दि ईयर (स्कुल तथा कलेज) २०१७ र बेष्ट स्पोर्टर्स अफ दि ईयर (स्कुल तथा कलेज) २०१७ रहेका छन् ।

त्यस्तै अवार्डमा जुरी अवार्ड (स्कुल तथा कलेज), पब्लिक च्वाईस अवार्ड (स्कुल तथा कलेज) र ईनकरेजमेन्ट अवार्ड (स्कुल तथा कलेज) समेत समावेश गरिएको आयोजक संस्थाका अध्यक्ष खरेलले जनाए ।

बेष्ट स्पोर्टर्स अवार्ड अफ दि ईयरको लागि टप टेन स्कुल तथा कलेजहरुबाट जम्मा ८÷८ स्कुल तथा कलेज छनौट गर्ने समेत आयोजकले जानकारी दिएको हो । र, फाईनलको लागि फुटबल टुर्नामेन्ट समेत गरिने आयोजकको भनाई छ । स्पोर्टर्स अवार्डको विजेताहरुलाई पुरस्कारको लागि पैसा प्रदान गरिनेछ । यद्धपी कति राशिको पुरस्कार दिने भन्नेबारे अहिले नै निक्र्यौल भैसकेको छैन । ‘हामी अहिले यो विषयमा छलफलमै छौं, तर हामी छिट्टै निर्णय लिन्छौं,’ आयोजक समितिका कोषाध्यक्ष कमला कुमारी जोशीले भनिन् ।

त्यस्तै अन्य विद्याका विजेताहरु भने सि बोर्डको नतिजा, एचएसईबीको नतिजा, जुरीको मुल्यांकन र एर.एम.एस. भोटिङको आधारमा मुल्यांकन गरिने आयोजक समितिका निर्देशक समिर लामाले जनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *