नेम्बाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

२८ भदौ, काठमाडौँ : संविधानसभाका सभामुख सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरेलगायत राजनीतिक नेता तथा व्यक्तित्वले स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनलाई नेपाली सेनाको एक टुकडीले पनि श्रद्धाञ्जली अर्पण गरेको थियो ।

दाहसंस्कार गर्नुअघि बालुवाटारस्थित उनको निजी निवासबाट उनको शवलाई टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्बाराही, चाबहिल लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *