नेपाल विद्युत प्राधिकरणमा आगलागी

८ भदौ, काठमाडौं : नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालय भवनको तेस्रो तलामा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिकाका एसपी विष्णु जोशीका अनुसार काठमाडौं महानगरपालिकाको दमकलको सहायताले एक घण्टापछि आगो नियन्त्रणमा लिएको हो ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ भने आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *