नेपाल वायु सेवा निगम,पर्यटक बोक्ने दोस्रो स्थानमा

कार्तिक ४ काठमाडौ, नेपाल बायुसेवा निगम काठमाण्डौबाट धेरै अन्तर्राष्ट्रिय यात्रु बोक्ने एयरलान्स मध्य दोस्रो स्थानमा पर्न परेको छ ।

त्रिभुवन बिमानस्थलले दिएको तथ्याङ्कअनुसार सन् २०१६ जनवरीदेखि जुन महिनासम्म नेपाल एयरलाइन्सले १ लाख ७८ हजार ७ सय ९९ बोकेको छ । यात्रु संख्याका आधारमा पहिलो स्थानमा कतार एयरवेज रहेको छ । सन् २०१५ को यही अवधिमा निगमले जम्मा ९४ हजारमात्र यात्रु बोकेको थियो ।

‘निगमले सही दिशामा अगाडी बढिरहेको भन्ने यो एउटा सूचक मात्र हो’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने- ‘गन्तब्य र जहाजको संख्या थपिदै जाँदा यसमा अझै बृद्धि हुनेछ ।’

गत बर्ष दुईवटा नयाँ एयरबस थपेपछि अन्तर्राष्ट्रिय गन्तब्यहरु बृद्धि भएको र त्यसकै परिणामस्वरुप ९० प्रतिशतको बृद्धि भएको उनले बताए ।

दुई नयाँ एयरबस थपेपछि निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैंग्लोर उडान थालेको थियो भने केही महिना पहिलेबाट दुबईको उडानसमेत सुरु गरेको छ ।

हाल ८ वटा गन्तब्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले यो बर्षको अन्त्यसम्म चीनको ग्वाङझाओ उडान सुरु गर्दैछ । दुई वाइड बडी जहाज खरिद गरेपछि युरोप, अष्ट्रेलिया र जापान सम्म सीधा उडान गर्ने योजना बनाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *