नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले ३५औ स्थापना दिवस नयाँ जीवन नेपालका बौद्धिक अपाङ्ग भएका बालबालिकाहरु सँग मनायो ।

काठमाडौँ १८

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले ३५औ स्थापना दिवस लाई विभिन्न ठाउँमा विभिन्न सामाजिक कार्य गरि मनाएको छ ।

उद्योग व्यवसायी संघले विगत देखि नै आफ्नो स्थापना दिवसमा विभिन्न सामाजिक कार्यक्रम गर्दै मनाउदै आएको महासंघका केद्रीय सदस्य भुपेन्द्र थपलियाले सुचना खबरलाई बताए ।

यस पटकको स्थापना दिवसमा गोकर्णेस्वोर नगरपालिका वडा नं. ५ मा स्थापित नयाँ जीवन नेपाल नामक संस्थामामा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई खुसि बनाउने हेतुले लत्ता कपडा प्रदान गरि मनाएको छ ।

उक्त कार्यक्रममा नगरपालिका का तर्फ बाट गोकर्णेस्वोर नगरपालिका का मेयर दिपक रिसाल, वडा नं ५ का वडा अध्यक्ष नारायण सुबेदी, वडा सदस्य लक्ष्मी पुडासैनी, धर्म थिङ्ग लामा तथा आयोजक नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका मानार्थ अध्यक्ष जगत नारायण महर्जन, कोषाध्यक्ष कलिमान खत्री, उपमहासचिब रोजिता वोस्ती, उपत्यका क्षेत्र विषेसका अध्यक्ष राज कुमार मल्ल, काठमाडौँ जिल्ला अध्यक्ष बिष्णु बहादुर गुरुङ्ग लगायत केन्द्र र जिल्ला संघका पदाधिकारीहरुको उपस्थितिमा संस्थाका अध्यक्ष राजन खनाल साथै संस्थाका बालबालिकाहरुलाई  सहयोग प्रधान भएको थियो ।

कार्यक्रममा नगर प्रमुख रिसाल तथा वडा अध्यक्ष सुबेदीले उद्योग व्यवसायी संघ लाई यस्तो सामाजिक काम पनि गर्ने गरेकोमा धन्यवाद व्यक्त गर्दै हामीहरुले पनि बिगत देखि यस संस्थालाई सहयोग गर्दै आइरहेको र आगामी दिनमा अझ धेरै नै सहयोग गर्ने जनाए । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका मानार्थ अध्यक्ष महर्जनले यस्ता बालबालिका हरुलाई सहयोग गर्न पाएको र यहाँ सम्म ल्याई व्यबस्था मिलाइदिने व्यक्ति हरु प्रति बिशेष धन्यवाद ब्यक्त गर्दै सधै सहयोगी बनिरहने बचन ब्यक्त गर्दै संस्थाको अबलोकान गरेका थिए । यस्तो विभिन्न बक्ता हरुले सहयोग गर्न पाइएकोमा खुसि व्यक्त गर्दै संस्थाको बालबालिका लगाएत संस्थाको पूर्ण अवलोकन गरेका थिए ।

सहयोग पाएको संस्थाको अध्यक्ष खनालले संस्थाको अवस्थाका बारेमा बताउदै सहयोगी मन प्रति धन्यवाद ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *