नेपाल र तिब्बतलाई रेल मार्ग बाट जोड्न सकिने बाबुराम भट्टराईले बताए

कार्तिक १२ काठमाडौं, चीनको ग्वान्झाओमा भइरहेको सिल्क रोड एक्स्पोलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले अत्यन्त दुर्गम र निर्माण गर्न असम्भव ठानिएका स्थानलाई पनि आधुनिक रेल प्रविधिद्वारा कसरी जोड्न सकिन्छ भन्ने उदाहरण चिन्घाई-तिब्बत रेलमार्गले देखाइसकेकोले तिब्बत संग नेपाललाई जोड्न सकिने बताए ।

नेपाल र चीनबीच यातायात सम्बन्ध बढाउनुपर्ने विषय पारवहन खर्च कटौती गर्ने अथवा व्यापार वृद्धि गर्नेसित मात्र सम्बन्धित नभएको उनले बताए । यो हिमाली भेगका दुवैपट्टिका क्षेत्रहरूको अर्थतन्त्रको मूलभूत संरचनामै महत्वपूर्ण सुधार ल्याउने बिषयसित गाँसिएको भट्टरार्इले बताए । उनले अघि भने, चीन-नेपाल-भारतलाई जोड्दा विशाल आर्थिक बजार निर्माण हुने र यसले अभूतपूर्व स्तरको उत्पादकत्व, अन्वेषण/नवीनता, पर्यटकीय र साँस्कृतिक साँठगाँठ बढाउन सकीने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *