नेपाल प्रहरीले विभिन्न अभियोगमा सात जनालाई पक्राउ गरेको छ

कार्तिक २३ ईलाम,सुनसरी ईटहरी उपमहानगरपालिका ७ घर भएका सुर्योदय नगरपालिका ६ डेरा गरी बस्ने ७३ वर्षीय भक्तबहादुर चौहान र सुर्योदय नगरपालिका ६ बस्ने हिरन प्रधानलाई प्रहरीले लागू औषध २३ किलो गाँजा, ५ राउण्ड सर्टगनको गोली र ४ राउण्ड सर्टगनको खोका सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार राति उक्त गाँजा र गोली सहित पक्राउ गरेको हो ।

यस्तै, रामछापे गोठगाँउ ८ घर भएका ४० वर्षीय खिल बहादुर श्रेष्ठलाई पनि प्रहरीले सुन जस्तो देखिने पहेंलो धातु १ सय ग्राम सहित पक्राउ गरेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट उनलाई प्रहरीले सोमबार विदेशबाट आएका नेपालीहरूबाट संकलन गरिरहेको अवस्थामा उक्त सुन सहित पक्राउ गरेको थियो ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाईन्सको उडानद्धारा थाईल्याण्ड जान लागेका काठमाडौ महानगरपालिका २२ बस्ने ३८ वर्षीय महेशमान महर्जनलाई प्रहरीले सोमबार डिपार्चर एरियामा चेकजाँच गर्ने क्रममा काँस धातु,लेदर स्टिक, ड्रमे स्टिक (पित्तल धातु) र नयाँ नटराज शिवको मूर्ती अवैध रूपमा भन्सार छली गरी लैजाँदै गरेको अवस्था पक्राउ गरेको छ ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।

यसैगरी,कपिलबस्तु सिसहवा ८ भानपुर स्थित रामश्रृङ्गार यादवको १८ महिनाकी छोरी सहिना यादवलाई सोमबार लु.१ त ४६८६ नम्बरको ट्याक्टरले खेतमा जाने क्रममा ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
नवलपरासीकै बर्दघाट नगरपालिका ९ स्थित महेन्द्र राजमार्गमा ना.२ ख ३२७९ नम्बरको ट्रकले सोमबार नाम,थर,वतन नखुलेका अंदाजी २७ वर्षीय पुरुषलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले जिल्ला अस्पताल परासी पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी,सुनसरी हरीपुर ९ स्थित पूर्वपश्चिम राजमार्गमा ना.५ख २०७८ नम्बरको बसले बा.३२ प ९९२० नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिंदा मोटरसाइकलमा सवार चालक सप्तरी बेलही ५ बस्ने ३० वर्षीय उमेश मण्डल र २५ वर्षीय कमल मण्डल गम्भीर घाइते भएकाले जिल्ला अस्पताल ईनरुवा सुनसरी लैजाने क्रममा उमेश मण्डलको बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *