नेपाल टेलिकमले पनि १० रुपैयाँ उधारो ब्यालेन्स दिने

पौष २५ काठमाडौ, नेपाल टेलिकमले प्रिपेड मोवाइलका ग्राहकलाई ‘क्रेडिट ब्यालेन्स’को सुविधा दिने भएको छ। टेलिकमले केही दिनभित्रै यो सुविधा ल्याउने जानकारी दिएको छ।

यो सेवामा ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ। ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ।

आपतकालीन अवस्थामा कसैसँग सम्पर्क गर्नुपरेमा सहज होस भनेर पाँचदेखि १० रुपैयाँसम्म उधारोमा लिन सकिने व्यवस्था गर्न लागिएको तेलिकममको कर्मचारीले बताएका छन् । कलर रिङव्याक टोन (सिआरविटी) सेवालाई पनि सुचारु गर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *