नेपाल टेलिकमको करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएयो

२४ साउन , काठमाडौं : नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलका अनुसार काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । भने ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध समेत गरेको छ ।

सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड अनुसार हराएको र ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।

करिब दुई हप्ता अगाडि एक ट्रान्सपोर्ट कम्पनीमार्फत् रिचार्ज कार्ड ढुवानी गर्दा हराएको र खोजी जारी रहेको जानकारी नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *