नेपाल–चीन सबै नाका खोल्न सहमत : प्रधानमन्त्री दाहाल

१४ असोज, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना महामारीअघि सञ्चालनमा रहेका सबै नाका खोल्न नेपाल र चीनबीच समझदारी भएको बताएका छन् ।

चीनको औपचारिक भ्रमण सकेर आज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले उत्तरी क्षेत्रमा स्थानीय रूपमा प्रयोग भएका नाकालाई प्राविधिक र आवश्यक तयारी पूरा गरी सञ्चालनमा ल्याउन नेपाल र चीन दुवै सहमत भएको बताए । उनले चीन सरकारले केही चेकपोइन्ट व्यवस्थित गर्न अनुदान दिने प्रतिबद्धता व्यक्त गरेको बताए ।

त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका विषयमा पनि महत्वपूर्ण छलफल भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । आन्तरिक रुपमा केही तयारी गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले चीनको छेन्दुबाट दुईतर्फी हवाई उडान सहज रुपमा सञ्चालन हुने बताए । उनले चीनका अन्य सहरबाट नियमित हवाई सेवा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताए । सो अवसरमा उनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का देशबाहिर रहेका बेला कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा शिक्षक र स्वास्थ्यकर्मीको माग सम्बोधन गरेकोमा धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *