नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा : परराष्ट्रमन्त्री साउद

३ असोज, काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण निषेध गर्ने पक्षमा रहेको बताएका छन् ।

मंगलबार व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि संगठन (CTBTO) का कार्यकारी सचिव रोबर्ट फ्लोयडसँगको भेटमा मन्त्री साउदले आणविक परीक्षणमा प्रतिबन्ध लगाउने नेपालको अडान स्पष्ट पारेका थिए।

परराष्ट्रमन्त्री साउदले कार्यकारी सचिव फ्लोयडलाई नेपालले आणविक परीक्षण निषेध गर्ने प्रतिबद्धताबारे पनि जानकारी गराएका थिए ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेका मन्त्री साउदले साइडलाइन भेटघाटलाई तीब्र बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *