नेपाली श्रमीकको क्रन्दन ‘हामी कतिन्जेल विक्रि हुने ’

अर्जुन काफ्ले, मंसिर १९ मलेसिया
मलेसिया आउन लाग्दा वाजुराका सुशिल रोकायालाइ काठमाडौको चप्पल कारखानामा रहेका आर आर म्यानपावरले ‘सजिलो काम’ र ‘धेरै दाम’ हुने म्याग्डोनल रेष्टुरेन्टमा काम भन्दै आश देखाए । राम्रो कमाइ हुने आशामा रोकायाले पनि म्यानपावरले मागे जति पैसा दिएर मलेसिया आए । २६ महिना अघि मलेसिया छिरेका रोकायालाई नेपालको म्यानपावरले भनेको न सेवा सुविधा पाए न भनेको समयमा नै तलव ।

मलेसियाको राजधानी क्वालाललम्पुरको केएल सेन्टरमा रहेको अमेरीकी व्यावस्थापनको विश्व प्रशिद्ध रेष्टुरेन्ट म्याग्डोनलमा त काम पाए तर सोचे जस्तो केही नभएको रोकायाले वताए । काम रेष्टुरेन्टमै गर्ने भए पनि म्यानपावरले उनलाई हुमेन कनेक्सन सर्भिस को भिषा लगाएका कारण रोकायले रेष्टुरेन्ट वाट रेष्टुरेन्टकै श्रमीकले जस्तो सुविधा पाउन सकेनन् । रोकाया एक्ला उदाहरण भने होइनन्, म्याग्डोनलमा । याँहाका विभिन्न आउटलेटमा काम गर्ने नेपाली श्रमीकको पिडा समान छ ।

नेपाल वाट पठाउने म्यानपावरले नेपाली श्रमीकलाइ म्याग्डोनल रेष्टुरेन्टमा काम भने पनि उनीहरुले अन्य सप्लायर कम्पनीको भिषामा मलेसिया पठाएकै कारण श्रमीक समस्यामा पर्ने गरेका हुन् । सप्लायरले श्रमीकलाइ रेष्टुरेन्टमा विक्रि गरे जस्तै गरि काममा पठाउने गरेको पिडीतहरुको गुनासो छ ।
रोकायाका अनुसार म्याकडोनलकै भिषा नभएकै कारण धेरै समस्या व्योहोर्नु परेको छ । म्यानपावरले अरु नै विचौलीयाको

भिषामा मलेसिया पठाएका कारण आफुहरु समस्यामा परेको उनले वताए ।
चितवनका रेसम सापकोटा,खोटाङ्गका ललित राई, कैलालीका सुरेश वडैलाको पिडा पनि रोकायाको जस्तै छ । म्याग्डोनलमा काम गरेपनि हुमेन कनेक्सनले नेपालमा भने जस्तो सेवा सुविधा नदिएको उनीहरुले वताए । उनीहरु जस्तै धेरै नेपालीको समस्या समान रहेको छ ।

सापकोटा मुविरा एच आर वाट मलेसिया आएका हुन भने राई र वडौला सिलिङ्ग ओभरसिज वसुन्धरावाट मलेसिया आएका हुन् । राईका अनुसार म्याग्डोनलमा काम गर्ने नेपाली श्रमीकको भिषा समेत हुमेन कनेक्सनले लगाएको छैन । प्रहरीले भेटे भिषा नभएको भन्दै दुःख दिने गरेको छ । कति जना साथी त जेल परेका छन् । ‘मलेसियाको अध्यागमनको फन्दामा परेर केहि साथी अहिले पनि जेलमा छन्’ राईले भने । हुमेनले उपलव्ध गराएको होस्टलमा समय समयमा विजुली र पानी काटिने गरेको छ । क्वालालम्पुरको वंसारमा रहेको होस्टलमा कति पटक विजुली र पानी काटिएका कारण समस्यामा वस्नु परेको सापकोटाले वताए ।

विरामी भएको वेला उपचार नहुने समस्याले धेरै नेपाली सो कम्पनी छोडेर अन्यत्र काम गर्न थालेको सापकोटाले वताए ।‘ विरामी हुदा समेत उपचार गराउनु त कता हो कता उल्टौ काममा नगएको भन्दै पैसा काटने गर्छ’ सापकोटाले पिडा पोखे ।
घर जान्छु भन्दा पनि ३ वर्ष नपुगी जान दिएको छैन । समय अवधि भन्दा अघि घर जान चाहने संग हुमेन ले ३ हजार रिङ्गेट भन्दा बढि रकम माग गर्ने गरेको वडौलाले वताए ।

धेरै जना त दुतावास बाट यात्रा अनुमती पत्र वनाएर अवैधानिक हैसियतमा नेपाल पुगेका उनले जनाए । मलेसिया पठाउने नेपाली म्यानपावरले काम गर्ने कम्पनी भन्दा फरक कम्पनीको भिषा लगाइदिने र काम भनेकै स्थानमा भए पनि सप्लाइ कम्पनीका कारण धेरै नेपाली श्रमीकले सेवा र सुविधा पाउन सकेका छैनन् । वहुराष्ट्रिय कम्पनीले पनि आफ्नो भिषामा भन्दा अन्य सप्लायरको भिषामा आएका श्रमीक लिन थालेका छन् । वहुराष्ट्रिय कम्पनीले आफ्नै भिषामा श्रमिक मलेसिया ल्याउदा आर्थिक भार बढ्ने भएकाले पनि उनीहरुले अन्य सप्लायर कम्पनी वाट श्रमीक लिएर काम गराउन थालेका छन् ।
भनिएको कम्पनीको भिषा नभएकाले पनि आफुहरु पटक पटक वेचिनु परेको गुनासो पिडीत श्रमीकको रहेको छ। रोकायाकै अनुसार सप्लायर कम्पनीले सेवा सुविधा श्रमीकवाटै उठाउने हुदा श्रमीकलाइ भनेजस्तो सुविधा नपाउने गरेका छन् ।
नेपालवाट श्रमीक पठाइरहेका म्यानपावर कम्पनीले, कम्पनीकै भिषा वाहेकका अन्य सप्लायरका भिषामा श्रमीक पठाउन वन्द गर्ने हो भने श्रमीकका समस्यामा कमि आउने मजदुर अगुवा वेद कुमार खतिवडाको धारणा छ । खतिवडाका अनुसार नेपाली म्यानपावरले नै नेपाली श्रमीकलाइ पटक पटक वेचिन वाध्य पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *